भट्टराईको प्रस्ताव- ‘सबैले दलित नाम राखिदिउँ न, बाबुराम भट्टराई कामी लेख्दिउँँ’



काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सबैलाई आफ्ना नाम थर परिवर्तन गर्न प्रस्ताव राखेका छन् ।

बजेटमाथि सैद्धान्तिक छलफलमा बोलदे उनले दलितमाथि जातको आधारमा हुने विभेद अन्त्य गर्नकालागि सो प्रस्ताव अधि सारेका हुन् ।

‘पढेलेखेका हामीजस्ता बाहुन मान्छे श्रम गर्न हुन्न भनेर बस्ने, उपदेश दिएर बस्ने, क्षेत्रीहरू कुनैबेला लडाइँ लड्थे होलान् राजनीतिक स्तरमा त्यो अहिले काम छैन, उनीहरू पनि लडाइँ–बडाइँ भनेर अर्काले गरेको खाएर बस्ने भयो’– उनले भने ।

त्यसपछि उनले भने– तपाई हामी सबैले दलित नाम राखिदिउँ न । जस्तै बाबुराम भट्टराई कामी लेख्दिउँँ । एउटा विश्वकर्मा लेखौं । सबैले गरौं । ’

प्रतिक्रिया दिनुहोस्