कोरोनाबाट बाजुराकी २ वर्षीय बालिकाको मृत्यु भएको पुष्टि, मृत्यु हुनेको संख्या ८ पुग्यो



काठमाडौं : जिल्ला अस्पाताल बाजुराको आइसोलेसनमा मृत्यु भएकी दुई वर्षीया बालिकामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा गरिएको परीक्षणामा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशानलयल डोटीका निर्देशक गुणराज अवस्थीले बताए।

मृतक बालिकाकी आमालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित आमा सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ। बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ।

जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत उनको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

बाजुरा अस्पतालको आइसोलेसनमा २ वर्षीय बालिकाको मृत्यु

प्रतिक्रिया दिनुहोस्