यूवा अवस्थामा यस्ता थिए अभिनेता प्रमोद अग्रहरि (फोटोफिचर)



काठमाडौं : चलचित्र ‘उमा’बाट चलचित्र क्षेत्रमा डेव्यू गरेका अभिनेता हुन्–प्रमोद अग्रहरी । कलाकारितामा झुक्किएर लागेका अग्रहरिले करिब पाँच वर्ष दिल्लीमा बसेर अभिनय समेत सिकेका छन् ।

कलाकारिता क्षेत्रमा सक्रिय प्रमोदले ’उमा’, ‘सुन्तली’, ‘ग्याङस्टार ब्लुज’, ’मन्द मन्द’ ’सुश्री सम्पत्ति’ ’कथा काठमाण्डु’ लगायतका थुप्रै चलचित्रमा अभिनय गरिसकेका छन् । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा तराई मधेसबाट प्रतिनिधित्व गर्ने कलाकारको लर्कोमा राम्रो सम्भावना देखाएका कलाकारहरु उनी पनि पर्छन् ।

उनै अभिनेता प्रमोद अग्रहरिले केही दिन अघि आफ्नो यूवा अवस्था र वितेका दिनहरु सम्झदै सामाजिक सञ्जालहरुमा आफ्ना पुराना तस्वीरहरू सेयर गरेका छन् । हेरौ कस्ता थिए त प्रमोद ?

प्रतिक्रिया दिनुहोस्