मेस्सी र नेयमारलाई पछि पार्दै रोनाल्डो बने सर्वाधिक कमाउने फुटबलर



एजेन्सी : क्रिस्टियानो रोनाल्डो सर्वाधिक आम्दानी गर्ने फुटबलर बनेका छन् । फोब्सले सार्वजनीक गरेको सुचि अनुसार पोर्चुगलका खेलाडी रोनाल्डो सर्वाधिक कमाई गर्ने फुटबलर बनेका हुन् ।

रोनाल्डो बार्सिलोनाका स्टार लियोनल मेस्सीलाई पछि पार्र्दैै आम्दानीको हिसाबले सफल बने।
टेनिस खेलाडी रोजर फेडेरर सर्वाधिक कमाई गर्ने खेलाडी बन्दा युरोपेली क्लब फुटबलका ठुला स्टार रोनाल्डो दोस्रो र मेस्सी तेस्रो स्थानमा रहे ।

रोनाल्डोको आम्दानी ८५ मिलियन पाउण्ड देखिएको छ । मेस्सीले ८४ मिलियन पाउण्ड आम्दानी गरेका छन् । यस्तै, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमार सर्वाधिक कमाई गर्ने तेस्रो फुटबलर बने । उनले आम्दानी ७७ मिलियन पाउण्ड देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्