फ्रन्टलाइनमा काम गर्ने एम्बुलेन्स चालकको व्यथा, समाजको दृष्टिकोण कहिले फरक होला ?



काठमाडौं : योगेन्द्र सिलवाल झापाको एम्बुलेन्स चालक हुन् । सरकारले कोरोनाभाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीसँग जुध्न गरेको देश बन्दाबन्दी (लकडाउन) लागू गरेको आज आइतबार ६९ औं दिन हो । सबै जना घरमा बसेका बेला सिलवाल भने आफ्नो काममा लागि नै रहे ।

लकडाउनको बेलामा पनि सामान्य बिरामीलाई अस्पताल लैजाने र अस्पतालबाट डिस्चार्ज गरिएकालाई घर पुर्याउने काममा उनी लागि परे ।

तर, पछिल्लो केही दिन यता उनी घरमा नै बसिरहेका छन् । घरमा बसेनि उनलाई आराम भने छैन ।

१४ जेठमा उनी झापाको कतनकौवल गाउँपालिकामा फेला परेका संक्रमितहरू लिएर धरानको वीपी कोइराला प्रतिष्ठान पुगेका थिए ।

उनी भन्छन्–‘कचनकवल कोरोनाको हट सपट नै बनेको छ । उक्त क्षेत्रको कोरोना संक्रमिहरूलाई वीपी कोइराला प्रतिष्ठान पु-यायौं ।’

जिल्ला जनस्वास्थ्य कार्यलय झापा, जिल्ला प्रशासन कार्यलय झापा, स्थानीय प्रशासनको आग्रहमा ३ वटा एम्बुलेन्समा १५ जना कोरोना संक्रमितहरूलाई धरान पु-याइएको थियो ।
जब उनी संक्रमितलाई आइसोलेसमा छोडेर घर फर्किए तब उनलाई समाजले फरक दृष्टिकोषले हेर्न थाल्यो ।

‘म फर्केर आइसकेपछि मेले एम्बुलेन्सलाई कीटाणुशोधन गराएको थिए । एक पटक गर्दा विश्वास नलागेर ३ पटक सम्म गराए’–उनले भने ।

उनलाई जनस्वास्थ्य कार्यलयका निर्देशक जीवन चौलागाईले २४ घण्टापछि एम्बुलेन्स चलाउदा हुन्छ भनेका थिए । तर, उनी आफैँ सर्तक भएर एम्बुलेन्स केहिँ दिन नचलाउने निर्णय गरे । सिलवाल घर फर्किएपछि उनी कतै पनि निस्केन्न् । न त उनी नजिकै रहेका छमेकीकोमा नै गए ।

‘वडा अध्यक्षचाहिँ के छ भनेर बुझ्न आउनु भएको थियो ।’ तर, त्यो दिनको भोलिपल्ट केहिँ मान्छेहरू एक हुल उनको घरतर्फ आयो,’ उनी भन्छन्– ‘ति व्यक्तिहरू झगडा गर्ने नियतले नै आएका हुन् । नत्र वडा अध्यक्षसँग कुरा गरेर गइहाल्थे नि । घर घेर्न आउँदैन थिए ।’

समाजबाट बहिष्कार गर्नुपर्ने त्यो भिडको माग रह्यो । उनीहरूले सिलवालको सम्पर्कमा आएका सबैलाई बहिष्कार गर्ने निर्णय गरे । ‘त्यो निकै अपमानजनक थियो’– उनले भने ।

उनले केही व्यक्तिको विरुद्ध आइतबार जाहेरी पनि दिएका छन् ।

नेपालमा कोरोनाको उच्च जाखिम भएकाले पनि उनी आफैँ सर्तकता अपनाइरहेका छन् । उनी भन्छन– ‘कति पए ठाउँमा एम्बुलेन्स चलककले भोगेको समस्या यही । कतिको घटनाहरू सार्वजनिक हुन्छन् कतिको लुकाइन्छ ।’

अहिले विश्वभरीनै कोरोनाभाइरसले महामारीको रुप लिन थालेपछि उच्च सर्तकता अपनाइएको छ । नेपालमा पनि लामो दुरीका गाडि चल्न छाडेका छन् । तर, एम्बुलेन्स चालकहरु भने जोखिम मोलेर सेवा गर्नुपर्ने बाध्यता रहँदा पनि उनीहरू समाजबाट दुर्व्यवहारको पनि सामना गरिरहेका छन् ।

विश्वव्यापि रुपमा फैलिएको कोरोना महामारीले विश्वलाई आच्छुआच्छु पारेको छ । पछिल्लो दिनरूमा नेपालमा पनि कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गइरहेको छ यस्तो अवस्थामा अग्रपंक्तिमा रहेर काम गर्ने जनशक्तिमाथि दुर्व्यवहार हुनु भनेको निरास जनक छ ।

प्रतिक्रिया दिनुहोस्