नेपालमा कोरोनाबाट ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि



काठमाडौं : नेपालमा कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।

आइतबार मन्त्रालयले आयोजना गर्ने नियमित प्रेस मिटमा बोल्दै प्रवक्ता डा. विकास देवकोटाले बाजुराकी २ वर्षीया बालिकामा कोरोना संक्रमणका कारण मृत्यु भएको जनाए । उनको आइतबार बिहान मृत्यु भएको थियो ।

त्यसैगरी शनिबार दुल्लु नगरपालिका ११ दैलेखका का ३५ वर्ष पुरुषको कोरानाले मृत्यु भएको मन्त्रालयले जनाएको छ । बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा आइतबार मृत्यु भएकी बालिकामा सेती प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थियो ।

बालिकामा पखाला, ज्वरो, श्वासप्रश्वासमा समस्या हुने लक्षणहरु देखिएका थिए । उनको परिवार आठ दिनअघि परिवार भारतबाट फर्किएको हो ।

योसँगै कोरोनाले नेपालमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक र यो गरी ८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्