रुकुम घटना जातिय भेदभावको घटना : डा. बाबुराम भट्टराई



काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रुकुम घटना जातिय भेदभावको घटना भएको बताएका छन् ।

आज (आइतबार) काठमाडौंमा जनता समाजवादीले गरेको विरोध प्रदर्शनमा सहभागि नेता भट्टराईले उक्त घटनाका दोषीलाई छिटोभन्दा छिटो कारवाही गर्नुपर्ने माग गरेका छन् ।

दलितलाई राज्यको सबै निकायमा समान अधिकारका साथै सांस्कृतिक रुपमा सम्मान गर्नुपर्ने बताउँदै डा. भट्टराईले रुकुम घटना निकै दुःखद भएको बताए ।

काठमाडौंको माइतीघरमा जसपाले गरेको विरोध प्रदर्शन सहभागिहरुले घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।

अन्तरजातीय प्रेम सम्बन्धका विषयमा रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाको छानविन तथा दोषीलाई कारवाही गर्नुपर्ने आवाज प्रदर्शनकारीले उठाएका छन् । प्लेकार्ड सहित प्रदर्शन गर्दै उनीहरुले राजनीतिक आडमा ढाकछोप गर्न नहुने नाराबाजी समेत लगाएका छन् ।

रुकुम काण्डका जातीय नरसंहारकारीहरुलाई हदैसम्मको कारवाही गर्नुपर्ने भन्दै केहिबेर धर्ना समेत उनीहरुले दिए ।

गत १० जेष्ठमा साँझ भएको घटनाको भेरी नगरपालिका ४ का नवराज बिक, गणेश बुढा मगर र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार, भेरी नगरपालिका ११ का गोविन्द शाही, लोकेन्द्र सुनार र भेरी नगरपालिका ४ का सन्दीप बिकको मृत्यु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्