प्रत्येक जिल्लामा रंगशाला निर्माण गर्ने गण्डकी सरकारको नीति



पोखरा : गण्डकी प्रदेश सरकारले हरेक जिल्लामा रंगशाला निर्माण गर्ने जनाएको छ। प्रदेश सभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेश सरकारले हरेक जिल्लामा रंगशाला निर्माणको नीति लिने जनाएको हो।

प्रदेश प्रमुख अमित शेरचनले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा संघीय सरकारसंगको सहकार्यमा प्रत्येक जिल्लामा रंगशाला निर्माण गर्ने नीति लिईने उल्लेख गरे ।

यस्तै, प्रदेश सरकारको नीति तथा कार्यक्रममा उच्च पर्वतीय खेलकुद तालिम केन्द्र र क्रिकेट मैदान निर्माणको कामलाई निरन्तरता दिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्