असार १ गतेबाट पठनपाठन सुरु गर्न शिक्षा मन्त्रालयको आह्वान



काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो असार १ गतेबाट पठन शुरु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै महामारीको स्थिति र अवस्था हेरी विद्यार्थीहरूको पठन पाठनलाई विभिन्न माध्यम प्रयोग गरी सुचारू राख्‍ने जनाएका छन् ।

उनले स्थगन भएका परीक्षाहरू सञ्चालन गर्ने सम्बन्धमा आवश्यक र उपयुक्त निर्णय लिने गृहकार्यमा मन्त्रालय लागिरहेको जानकारी गराएका छन् ।

निर्देशिकालाई यहि २०७७ साल असार १ गतेबाट कार्यान्वयन गर्न–गराउन संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा सरोकारवालाई हार्दिक आह्वान गर्दछु,’ मन्त्री पोखरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कोरोना भाइरस संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण विद्यालयले भर्ना खुल्ला गर्न सकिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्