कोरोनाको कारण बहराइनमा कोही पनि नेपालीको ज्यान गएको छैन : दूतावास



काठमाडौं : बहराइनमा कोरोनाका कारण अहिलेसम्म कोही पनि नेपालीको ज्यान नगएको दूतावासले जनाएको छ ।

नेपाली दूतावासले गैरआवासीय नेपाली संघको तथ्याँक भन्दै विभिन्न सञ्चार माध्यममा बहराइनमा तीन जना नेपालीको कोरोनाको कारण ज्यान गएको भन्दै आएको खबरको खण्डन पनि गरेको छ।

दूतावासले बहराइनमा अरु कारणले ज्यान गए पनि कोही पनि नेपालीको कोरोनाको कारण ज्यान नगएको स्पष्ट पारेको हो । बहराइनमा अहिलेसम्म ३३१ जना नेपालीमा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्