रुसमा कोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो



काठमाडौं : रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख नाघेको छ । पछिल्लो २४ घण्टामा रुसमा नौ हजार २६८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । यससँगै रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ५ हजार ८४३ पुगेको हो ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार हजार ६९३ पुगेको छ । रुस संक्रमित संख्याको हिसाबमा ब्राजिल र अमेरिकापछि सबैभन्दा धेरै प्रभावित मुलुक हो।

यद्यपि कोरोना भाइरसबाट मृत्यु हुने मृत्युदर भने अन्य मुलुकको तुलनामा कम छ । एक लाख ७१ हजार ८८३ जना भने निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्