सदाबहार अभिनेत्री करिश्मा मानन्धर फुलसँग खेल्दै (फोटोफिचर)



काठमाडौं : लकडाउनका कारण सर्वसाधारण देखि सेलिव्रेटिहरु पनि फुर्सदमा छन् । धेरै कलाकारहरु यतिबेला सामाजिक सञ्जालमा सक्रिया छन् । त्यस्तै लकडाउनका कारण अहिले अभिनेत्री करिश्मा मानन्धर पनि फुर्सदमा छन् ।

चलचित्र ‘सन्तान’ बाट चलचित्र क्षेत्रमा डेव्यु गरेकी करिश्मालाई चलचित्र क्षेत्रमा सदाबहार अभिनेत्रीको रुपमा लिने गरिन्छ । लकडाउनका कारण घरैमा बसिरहेकी करिश्माले आइतवार सामाजिक सञ्जालमार्फत आफ्ना तस्बिरहरु शेयर गरिरहेकी छन् ।

उनले फुलसँग खिचेका तस्बिर शेयर गर्दै आजको दिन पनि केही दुखद र केही आसहरुको तरङ्गमा बित्यो भनेर लेखेकी छन् । हेर्नुहोस उनै सुन्दरी अभिनेत्री करिश्मा मानन्धर फुलहरुसँग तस्विरमा ।

प्रतिक्रिया दिनुहोस्