लकडाउनमा बाराको वडा अध्यक्ष मोहीत चौधरीको गुण्डागर्दी



वीरगन्ज– लकडाउनले सम्पुर्ण क्षेत्रनै प्रभाति भइ रहेको बेला सिमित साधन श्रोतबाट उघोग संचालन गरि रहेका उघोगी सित स्थानीय जनप्रतिनिधिहरुले नै रङ्गदारी उठाउने गरेको आरोप लागेको छ ।

रङ्गदारी नदिँदा उघोगको कर्मचारी हरुमाथी कुटपिट गरी ज्यान मार्ने प्रयास र उघोगमा आउने कच्चापदार्थ ल्याउन अवरोध गर्ने गरेका छन् ।

बारा जितपुर सिमरा वडा न ५ स्थित बकुलियामा रहेको एडभान्स सिमेन्टमा गए राति कच्चापदार्थ लिएर आइरहेको ट्रक रोकी वडा न ५ का वडा अध्यक्ष मोहीत चौधरीले २०र२५ जना लिएर कर्मचारी, ट्रकका चालक सहचालक लाई नियन्त्रणमा लिएर कुटपिट गरेको र कर्मचारी सित रहेको करीब अढाई लाख रुपैया समेत लुटी लगेको कम्पनीका प्रशासकीय अधिकृत देबीलाल थापाले आरोप लगाउनु भयो ।

वडा अध्यक्ष चौधरीले पटक पटक विभिन्न बहानामा अनावश्यक पैसा माग्ने गरेको नदिदा धाकधम्कि दिई गुण्डाहरू नै लगाएर उद्योगमा सचालनमा अवरोध गर्ने गरेको उनको आरोप छ ।
वडा अध्यक्ष चौधरीले आफ्नो मर्यादा नै बिर्सेर शनिबार राती आफै गुण्डागर्दीमा उत्रिएर ज्यान लिने गरि नै म सहित हाम्रो ओभरसियर र ड्राइभर माथी आक्रमण गरेको प्रशासकिय अधिकृत थापाले बताए ।

उनले भने- ‘ज्यान मार्ने प्रयास र लुटपाट भए पछि जाहेरी लिएर आइतबार इलाका प्रहरी कार्यालय सिमरा पुगेका थियौ तर प्रहरी ले जाहेरी दर्ता गरेन उल्टै मिलापत्र गर्न दवाव दिई रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्