बंगलादेश: बस्तीमा आगलागी हुँदा ६० जनाको मृत्यु



बंगलादेश: बंगलादेशको राजधानी ढाकामा भएको आगलागीमा ६० जनाको मृत्यु भएको छ भने कयौ घाइते भएका छन्। घाइतेमध्ये केही गम्भीर रूपमा जलेका छन्। अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानले बताएअनुसार गयराति १० बजेतिर आगलागी सुरु भएको थियो । 

राजधानीको पुरानो शहरी इलाकाको चोकबजारको एउटा भवनबाट आगो सुरू भएको थियो। उक्त भवनमा रासायनिक पदार्थको गोदाम थियो। आगो नियन्त्रणमा लिन ३७ वटा दमकल पुगेका थिए। आगो लाग्नुको कारण थाहा भएको छैन।

खानले भने, "केहीले सिलिन्डर विस्फोट हुँदा आगो लागेको बताएका छन्। तर अनुसन्धानपछि मात्र सत्य थाहा हुनेछ। त्यहाँ प्लास्टिक र रासायनिक पदार्थ भएकाले आगो तीव्र रूपमा फैलिएको हो।"

उनले साँघुरो बाटो र पानीको अभावमा आगो नियन्त्रणमा अप्ठ्यारो परेको पनि बताए। बिबिसी

प्रतिक्रिया दिनुहोस्