कोरोना अस्पताल छिटो बनाउन नागरिक समाजको सुझाव


भद्रपुर : झापाको मेची अञ्चल अस्पतालको निर्माणाधीन भवनमा कोभिड अस्पताल बनाउन स्थानीयवासीको अवरोध नभएको स्थानीय नागरिक सरोकार समाजले जनाएको छ । कोभिड अस्पताल नागरिक सरोकार समाज भद्रपुरले आइतबार पत्रकार सम्मेलन गरी योभन्दा उत्तम विकल्प अरू छैन भने यही भवनमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार कोभिड अस्पताल बनाउन सरकारलाई आग्रह गरेको छ ।

समाजका अध्यक्ष भक्त खवासले झापामा कोभिडको प्रकोप बढिरहेको बताउँदै सुरक्षित कोभिड अस्पताल बनाउन ढिलो गर्न नहुने बताए । उनले भने, “कोभिड अस्पतालबाट स्थानीय क्षेत्रमा सङ्क्रमण नफैलियोस्, विपन्नहरुको उपचारको भरोसायोग्य केन्द्र मेची अञ्चल अस्पतालको सेवामा कुनै पनि प्रकारको अवरोध उत्पन्न नहोस् र विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिमको अस्पताल बनाउन ढिला नगरियोस् ।”

उनले प्रदेश नं १ को सरकारले झापामा कोराना अस्पताल बनाउन गरेको निर्णय स्वागतयोग्य रहेको बताउँदै कोरोना सङ्क्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिले स्थानको चयन गर्दा स्थानीय सरोकारवालाहरुसँग कुनै परामर्श नगरेकामा गुनासो व्यक्त गरे ।

मेची अञ्चल अस्पतालका पूर्वअध्यक्ष छत्र अधिकारीले कोभिड अस्पताल बनाउँदा त्रसित हुन नहुने बताए । उनले भने, “पुरानो अस्पतालको सेवामा समेत कुनै अवरोध आउनुहुन्न, राज्यले ग्यारेन्टी गरेर कोडिभ अस्पताल बनाए आपत्ति हुँदैन ।”

कोभिड अस्पताल बनाउन अवरोध पुर्याएको भन्दै भइरहेको प्रचारप्रति गम्भीर आपत्ति प्रकट गर्दै समाजको नेतृत्वले स्थानीय सरोकारवालाहरुका तर्फबाट कहिल्यै पनि कोभिड अस्पतालको विरोध नगरिएको जनाएको छ । भद्रपुर नगरपालिकाका पूर्वनगरप्रमुख भारतेन्दुकुमार मल्लिकले विकल्प खोजेर भए पनि चाँडो कोभिड अस्पताल बनाउनुपर्ने सुझाव दिए ।

झापामा हालसम्ममा १११ जनामा कोरोना सङ्क्रमण भइसकेको छ । तीमध्ये १०० जना कचनकवल गाउँपालिकाका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ। पार्टीको

काठमाडौं : आज असार शुक्ल पूर्णिमाका दिन अर्थात गुरु पूर्णिमा । आज गायत्री, दीक्षा, वेद

बझाङ : शनिबार बिहान बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६

काठमाडौं : नेपालमा कोरोनाभाइरस (कोभिड१९)बाट थप दुई जनाको मृत्यु भएको छ । मन्त्रालयले शनिबार आयोजना

पर्सा : आर्थिक नगरीको रुपमा परिचित वीरगन्ज महानगरपालिको मुख्य सडक पोखरीमा परिणत बन्दै गएपनि सम्बन्धित

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको

काठमाडौं : ललितपुरको खोकनामा स्थानीयवासी र प्रहरीबीच शनिबार दिउँसो झडपा भएको छ । झडपमा ४

बझाङ : शनिबार बिहान बझाङको केदारस्युँ गाउँपालिका–८ को मललेसिमा गएको पहिरोमा पुरिएकाको उद्धार गर्न गएको

काठमाडौं : काठमाडौं उपत्यकाको ढलमा कोरोनाभाइरस (कोभिड–१९)को भाइसर फेला परेको छ । सेन्टर फर मलिकुलर

बझाङ : बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा शनिबार बिहान गएको पहिरो पुरिएका दुई

काठमाडौं : महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत १३ महिनाको शिशुमा कोरोना संक्रमण देखिएको छ ।

जनकपुर : जनकपुरमा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । भैंसी चराउन