दुई सुरक्षाकर्मीसहित कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना पुष्टि



काठमाडौं : कर्णाली प्रदेशमा आज (सोमबार) बिहान थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहान थपिएका नयाँ संक्रमितमध्ये २४ जना दैलेखका छन् । योसँगै दैलेखमा संक्रमितको संख्या ७२ पुगेको छ । यसैगरी बाँकी १९ जना जुम्लाका छन् ।

थपिएका नयाँ संक्रमितसँगै कर्णालीमा संक्रमितको संख्या १ सय ६६ पुगेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जुम्लामा संक्रमितमध्ये दुई जना सुरक्षाकर्मी रहेको प्रतिष्ठानले जनाएको छ । जुम्ला प्रहरीमा कार्यरत ३४ र २७ वर्षीष प्रहरीलाई कोरोना संक्रमण भएको हो ।

कर्णाली प्रदेशको सुर्खेतमा २९, सल्यानमा २५, कालिकोटमा १८ र मुगुमा एक जनामा संक्रमण पुष्टि भइसकेको छ । दैलेखमा कोरोनाकै कारण एक जनाको मृत्यु समेत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्