नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित



काठमाडौं : आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर (एसिया) अन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको छ । थाइल्याण्डले दिएको १२५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभर खेल्दै  विकेट गुमाएर ६७ रनमा समेटिएको हो । 

नेपालका लागि इन्दु बर्माले २९ र सीता राना मगरले १३ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२४ रन बनाएको थियो । थाइल्याण्डका लागि चनिदा सुथिरिअङले सर्वाधिक ३५ रन बनाइन् भने नारुएमल चाइवाईले ३२ रन र वङपाका लिएङगप्रोसेटले नटआउट २८ रन जोडेकी थिइन् । 

बलिङतर्फ नेपालकी नेरी थापा तथा कविता कुँवरले दुई दुई विकेट लिए भने करुणाले १ विकेट लिइन् ।  

पहिलो खेलमा मलेसियालाई पराजित गरेको नेपालले दोस्रो खेलमा हार बेहोरेपछि ग्लोबल क्वालिफायरसम्म पुग्नका लागि अब बाँकी सबै खेल जित्नुपर्नेछ भने थाइल्याण्डले कम्तीमा एक खेल हार्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्