एकता प्रकृया टुंग्याउन गठित कार्यदलले एक हप्ता माग्यो



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिले गठन गरेको ९ सदस्यीय कार्यदलले थप एक हप्ताको समय मागेको छ । तल्ला कमिटी एकता गर्न गठित कार्यदलले अन्तिम प्रतिवेदन तयार गर्न एक हप्ताको समय मागेको हो ।

विभिन्न कारणले काम गर्न नसकिएको भन्दै कार्यदलले सचिवालयसँग एक साताको समय मागेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

आज बिहान बसेकाे सचिवालय र कार्यदलकाे संयूक्त बैठकमा कार्यदलका संयोजक तथा सदस्यहरुलाई छलफलका लागि बोलाइएको थियो । कार्यदलका सदस्यहरु बैठकमा कुरा राखेर निस्किएका थिए । 

कार्यदलको कुरा सुनिएको र थप समय दिने वा बाँकी काम सचिवालयले नै गर्ने भन्ने निर्णय शुक्रबारको सचिवालय बैठकले गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

सचिवालयको अर्को बैठक शुक्रबार बिहान ९ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्