जनकपुरबाट हतियारसहित एक युवक पक्राउ



जनकपुरधाम– जनकपुरबाट हातहतियार सहित एक युवक पक्राउ परेको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१७ स्थित रामलोचन पासवानको आँपको बगैचामा ज.४.प ३९३३ नम्वरको मोटरसाइकलमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर–८ भम्रपुरा बस्ने सदिक कवारीका २० वर्षीय छोरा डि.के.भन्ने अजिजुल राईनलाई हातहतियार सहित पक्राउ गरिएको हो ।

प्रदेश प्रहरी कार्यालय जनकपुर एवं जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त प्रहरी अघिकृत सहितको टोलीले राईनको शरिर तथा मोटरसाईकल खानतलासी गर्दा हेलमेट भित्र लुकाई छिपाई राखेको अटोमेटिक पेस्तोल १ थान,सोको म्याग्जिन ३ थान,गोली ५ राउण्ड,सेतो चक्कु १ थान र ज.४ प ३९३३ नम्वरको सो मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषले जनाएको छ ।

पक्राउ परेका राईनलाई प्रहरी हिरासतमा राखि आवश्यक अनुसन्धान कार्य अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्