जर्मन बुन्डेसलिगा : बर्लीनलाई हराउँदै मन्छेनग्लाडबाखको जित



एजेन्सी : जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया मन्छेनग्लाडबाखले जित हात पारेको छ।
कोरोनाको माहामारीकाबीच जारी खेलमा युनियन बर्लीनलाई ४(१ गोल अन्तरले हराउँदै मन्छेनग्लाडबाखले जित हात पारेको हो।

जितसँगै तेस्रो स्थानमा उक्लिएको मन्छेनग्लाडबाखले २९ खेलमा ५६ अंक जोडेको छ ।
बर्लीन ३१ अंकसहित लिगको १४ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्