त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग निर्माणको काम सम्पन्न, सञ्चालनको तयारी


काठमाडौंः धावनमार्ग निर्माणको काम सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी तीव्र पारिएको छ ।

कोरोना संक्रमण रोकथामका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द रहेको अवस्थामा धावनमार्ग निर्माणको काम सकिएको हो ।

लामो समयदेखि विभिन्न कारणले धावनमार्ग निर्माणको काम सुचारु हुन नसके पनि उडानहरु प्रतिवन्ध भएपछि कामले तिव्रता पाएको थियो । विमानस्थलको दक्षिणतर्फ ३ सय मिटरको धावनमार्ग निर्माण गरिएको छ । धावनमार्ग विस्तारपछि सञ्चालनको तयारी तीव्र पारिएको बताइएको छ ।

कोरोना महामारीले विश्व प्रभावित भइरहेको बेला सामाजिक दुरी कायम गर्दै विमानस्थल सञ्चालनको तयारी भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए ।

विभिन्न देशमा अलपत्र नागरिकहरुलाई स्वदेश ल्याउन तयारी भइरहेको पनि उनले बताए । सरकारले सञ्चालनको सूचना जारी नगर्दासम्म सम्पूर्ण स्रोत साधन प्रयोग गरेर सञ्चालनको तयारी भइरहेको उनले बताए ।

विमानस्थलमा सामाजिक दुरी कायम गरी स्यानिटाइर र मास्क प्रयोग अनिवार्य गरिएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघले लामो समयदेखि धावन मार्ग विस्तारका लागि पटक पटक दबाब दिँदै आएको थियो ।

तर विमानस्थल बन्द गरेर काम गर्न सक्ने अवस्था नभएपछि निर्माण हुन सकेको थिएन । पछिल्लो समय लकडाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द भएपछि छोटो समयमै धावनमार्ग विस्तारको काम सकिएको हो । विमास्थलमा अब एप्रोच लाइट जडानको काम मात्रै बाँकी रहेको छ ।

लकडाउनका कारण विदेशबाट सामान ल्याउन नसकिएकाले लाइट जडानको काम थाँती रहेको उनले बताए । धावनमार्ग निर्माण भएपछि विमानहरु सजिलै अवतरण र उडान भर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः आज (मंगलबार) मध्यान्ह साढे १२ बजेतिर मेलम्ची खानेपानी आयोजनाको मुहान टनेलको ढोका एक्कासि फुटेको

काठमाडौं : काठमाडौं उपत्यकामा मंगलबार थप २ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा

काठमाडौं : जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका डिभिजन प्रमुख ९ लाख घुससहित पक्राउ

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा सुरुङको गेट फुट्दा दुई जना बेपत्ता भएका

झापा : झापाका दुई विद्यालयमा पठनपाठन शुरु भएको छ । जिल्लाको शिवसताक्षी–३ को शान्ति आधारभूत

परासी : पूर्वपश्चिम राजमार्गमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर आंशिकदेखि सामान्य बदली रही विभिन्न

भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ ।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्षमा

काठमाडौं– दम्पतिको हत्या गरी फरार रहेका अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–४

जनकपुरधामः प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ३१ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको