कृषि सामग्रीको ढुवानी तथा बिक्रीवितरण नरोक्न कृषि मन्त्रालयको आग्रह



काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि सामग्रीको ढुवानी र बिक्रीवितरण नरोक्न आग्रह गरेको छ ।

पटक–पटक कृषि सामग्रीको बिक्री र ढुवानी नरोक्न मन्त्रालयले ध्यानाकर्षण गराउँदा पनि केहि ठाउँमा ढुवानी हुन नदिइएको र तरकारी फाल्न बाध्य बनाइएको भन्दै मन्त्रालयले त्यसो नगर्न आग्रह गरेको हो।

यसरी ढुवानी रोक्दा कृषकको उत्पादन खेर जाने, उनीहरुको मनोबल खस्कने र कृषि वस्तुको आयात बढ्ने कृषि मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्