गुणस्तरीय शिक्षामा नगरप्रमुखको जोड 



जनकपुर : हसंपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले प्रदेश २ मा गुणस्तरीय शिक्षा आवश्यक रहेको भन्दै शिक्षक र अभिभावकहरुलाई गुणस्तरीय शिक्षाका लागि सजग रहन आग्रह गरेका छन् ।

हंसपुर नगरपालिकाको वडा नम्बर ३ मा पर्ने श्री राष्ट्रिय आधारभूत विद्यालय मल्हनियाका जेहेन्दार विद्यार्थीलाई पोशाक र कापीकलम वितरण कार्यक्रममा बोल्दै   मेयर मण्डलले शिक्षक र विद्यार्थीका अभिभावकलाई ‘क्वान्टिटी’मा नभइ ‘क्वालिटी’मा ध्यान दिन आग्रह गरे ।

गुणस्तरीय शिक्षा पाएका विद्यार्थीले प्रदेश २ को मात्र नभइ मुलुकको समृद्धिका लागि टेवा पुर्याउने बताउँदै मेयर मण्डलले भने,‘गुणस्तरीय शिक्षा आजको आवश्यकता भएकाले गुणस्तरीय शिक्षाका लागि शिक्षक र विद्यार्थीका अभिभावक सचेत र जागरुक हुन जरुरी छ ।’

हंसपुर वडा नम्बर ३ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदयकुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा समाजका अगुवाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरुलाई पदको प्रमाणपत्र समेत मेयर मण्डलले वितरण गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्