सुरक्षा कारबाहीमा पाँच तालिबान लडाकू मारिए



हेरात :  अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा तालिबानी लडाकूविरुद्ध भएको सुरक्षा कारबाहीमा पाँच तालिबान लडाकू मारिएका छन्।

सरकारी अधिकारीहरूले बिहीबार सो जानकारी दिएका छन्। अफगान राष्ट्रिय सैनिकले हेरात प्रान्तको जिर कोस जिल्लामा गरेको विशेष कारबाहीमा ती लडाकू मारिएका हुन्। 

प्रान्तीय सरकारद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा ‘यस कारबाहीमा परी कम्तीमा पाँच तालिबान लडाकू मारिनुको साथै दुईवटा लागूपदार्थ जाँच गर्ने प्रयोगशाला र एक बम बनाउने कारखानासमेत ध्वस्त भएको’ जनाइएको छ। 

कारबाहीका क्रममा घाइते भएका चारमा एक तालिबान कमाण्डर आम्रोद्दिन खानसमेत रहेको जारी विज्ञप्तिमा जानकारी दिइएको छ। 

यस कारबाहीका बारेमा तालिबानी समूहले भने कुनै टिप्पणी गरेको छैन। 

प्रतिक्रिया दिनुहोस्