भुसाल मृत्यु प्रकरणः सिआइबीले अनुसन्धान थाल्यो



कैलालीः क्षितिज बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्ण प्रसाद भुसाल मृत्यु प्रकरणको अनुसन्धान सिआइबिले थालेको छ ।

अनुसन्धानका लागि काठमाडौंबाट टोली कैलाली आएको छ । जिल्लाको गौरीगंगा नगरपालिका ९ का भुसालको मृत्यु प्रकरणको अनुसन्धानका लागि सिआईबीको टोलीले सोमबार देखि अनुसन्धान थाल्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए ।

बैशाख ११ गते मृत फेला परेका भुषालको हत्या भएको आशंकामा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएकोमा अहिले पाँचै जनालाई छोडि सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्