नेपालमा २२१ जना कोरोना संक्रमणमुक्त, कुन प्रदेशमा कति?



काठमाडौं : नेपालमा अहिलेसम्म २ सय २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। पछिल्लो समय १ जनामा निको भएर घर फर्किएसँगै निको हुनेको संख्या२ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।

डडेल्धुराका परशुराम नगरपालिका १० का २८ वर्षीय पुरुष १० दिनमै कोरोनालाई जितेर घर फर्केका हुन्। नेपालमा हालसम्म १ हजार ७ सय ९८ जनामा कोरोना संक्रमण भएको छ। ८ जनाको भने मृत्युसमेत भएको छ।

कुन प्रदेशमा कति?

प्रदेश १ मा- ३०
प्रदेश २ मा- १०४
बागमती प्रदेशमा- २९
गण्डकीमा- ३
प्रदेश ५ मा- ४८

सदुरपश्चिम प्रदेशमा- ७

कर्णालीमा भने हालसम्म निको भएर फर्किएका छैनन्।

प्रतिक्रिया दिनुहोस्