देशभर हालसम्म १ लाख ८५ हजार ६ सय ६० जनामा कोरोना परिक्षण



काठमाडौं : देशभर अहिलेसम्म १ लाख ८५ हजार ६ सय ६० जनामा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ। पीसीआरविधिमार्फत ७१ हजार ९ सय ३ जनाको र र्‍यापिट डाइगोनोष्टिक टेष्ट (आरडिटी) मार्फत १ लाख १३ हजार ७ सय ५७ जना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३ सय १० जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ। गएको २४ घण्टामा २ सय २६ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको छ।

जसमध्ये २ सय २१ जना उपचारपछि डिस्जार्च भएका छन्। मुलुकभर हाल १ हजार ५ सय ६९ जना अस्पतालको आईसोलेसनमा रहेका छन् । मुलुकभर हाल १ लाख ३३ हजार ९ सय ७५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्