कोरोनासँग वर्षैसम्म लड्नुपर्ने हुनसक्छः भयावित नबनौं, सत्यतालाई स्वीकारौं


काठमाडौं– कोरोना भाइरसको महामारीका कारण विश्वयति बेला त्रसित छ । सन् २०१९ को डिसेम्बरको अन्तिमबाट चीनको वुहान शहरमा शुरु भएको कोरोना भाइरस २०२० को जुनसम्म आइपुग्दा २ सय १३ देश र भूभागहरूमा फैलिएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ६२ लाख ९० हजार ७ सय ७८ जना संक्रमित भएका छन् भने ३ लाख ७४ हजार ३ सय ३५ जनाको मृत्यु भएको छ । त्यसैगरि २८ लाख ६२ हजार ६५ जना निको भएका छन् ।

कोरोना भाइरसबाट सबै भन्दा बढि प्रभावित भएको देश अमेरिका हो । त्यसपछि क्रमशः ब्राजिल रुस, स्पेन, बेलायत, इटाली, भारत, फ्रान्स, जर्मनी, पेरु, इरान आदी रहेका छन् ।

यस्तै नेपालमा कोरोना भाइरसको परीक्षणको दायरा बढाएसँगै कोरोना संक्रमितको संख्या दिनप्रति दिन वृद्धि हुँदै गइरहेको छ । सोमबार मात्रै २ सय २६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको छ ।

कोरोना भाइरसको बारेमा धैरै भ्रम फैलाइएकाले मानिसहरू त्रासमा बाचिरहेका छन् । कोरेना संक्रमण हुने वित्तिकै मरिन्छ भन्ने मानव जातीमा परेको छ । तर युनिभर्सिटी अफ मेरिल्याण्ड, अमेरिकाको संक्रामक रोग केन्द्रका प्रमुख भने कोरोना भाइरससँग महिनौं वर्षौंसम्म बस्नुपर्ने लड्नु पर्ने भएकाले भयाक्रान्त भएर जीवनलाई निरर्थक नबनाइकन यो सत्यता लाई स्वीकार गर्दै बाँच्नको लागि उनले सल्लाह दिएका छन् ।

साथै उनले बारम्बार हात धुने र दुई मीटरको भौतिक दूरी कायम राख्नु कोरोना संक्रमणबाट बच्ने सर्वोत्तम उपाय रहेको उनको भनाई छ ।

कोभिड १९ बारे कायम रहेको भ्रम सम्बन्धी १७ बूँदे सुझाव–
(१) कोरोना भाइरससँग हामीले महिनौं अथवा वर्षौं सम्म बस्नुपर्ने हुनसक्छ। त्यसैले भयाक्रान्त भएर जीवनलाई निरर्थक नबनाइकन यो सत्यतालाई स्वीकार गर्दै बाँच्न सिकौं।

(२) कोशिका भित्ता भित्र प्रवेश गरिसकेको भाइरस लाई धेरै पटक तातो पानी खाएर नष्ट गर्न सकिन्न। त्यस बाट पटक पटक पिसाब फेर्ने मात्रै हुनेछ।

(३) बारम्बार हात धुने र दुई मिटरको भौतिक दूरी कायम राख्नु यसका लागि सर्वोत्तम उपाय हो।

(४) कोभिड १९ को रोगी नभएको अवस्थामा घरमा किटाणुनाशक छर्कनु आवश्यक छैन।

(५) प्याकेज गरिएको कार्गो, पेट्रोल पम्प , किनमेल गर्ने ठेलागाडी र एटिएमबाट संक्रमण हुँदैन्।

(६) कोरोना भाइरसको संक्रमण भोजन बाट हुने होइन।यो फ्लू जस्तै संक्रमण बाट सम्बद्ध छ। अहिले सम्म खाना बाट भाइरस संक्रमित भएको कुनै तथ्यगत सूचना छैन।

(७) कोभिड १९ को गैर विशिष्ट लक्षणहरु भनेको गन्ध बुझ्न नसक्नु , अत्यधिक एलर्जी र भाइरल संक्रमण हो।

(८) घर फर्किदा हतारिएर लुगा फेर्न अथवा नुहाउनु पर्ने आवश्यकता छैन। शुद्धता सद्गुण हो, यसलाई पागलपन बनाउनु हुँदैन।

(९) कोरोना भाइरस वायुमण्डलमा हुदैन। यो निकटता गर्दा श्वासप्रश्वासको माध्यमबाट सर्ने संक्रमण हो।

(१०) बगैँचा र पार्कको स्वच्छ हावामा भौतिक दूरी कायम राख्दै घुमफिर गर्न सकिन्छ।

(११) कोरोना एउटा भाइरस हो बैक्टिरिया होइन। त्यसैले यसको लागि साधारण साबुनको प्रयोग गरेपनि पर्याप्त हुन्छ।

(१२) अनलाइन अर्डर गरेर खाना मगाउने बारे चिन्तित हुनु पर्दैन तर त्यस्तो भोजनलाई माइक्रोवेब अथवा अन्य कुनै प्रकारले तताएर खानु पर्दछ।

(१३) जुत्ता संग जोडिएर कोरोना भाइरस घर भित्र पुग्ने सम्भावना छैन। ड्रप संक्रमण यसरी फैलिदैन्।

(१४) भिनेगर, अदुवा अथवा बेसारको प्रयोग गर्दा यो भाइरस बाट सुरक्षित हुन सक्दैन तर तिन्को सेवनले रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न मद्दत पुग्छ।

(१५) लामो समयसम्म मास्क को प्रयोग गर्दा श्वासप्रश्वास बाधित भई शरीरमा अक्सिजनको मात्रालाई फरक पार्न सकिन्छ। त्यसैले यसलाई भीडभाड भएको ठाउँमा मात्रै प्रयोग गर्नु उचित हुन्छ।

(१६) सधैं भरी पञ्जा लगाई रहनु ठिक छैन। भाइरस त्यसमा टाँसिएको हुनसक्छ र अनुहार छुँदा सजिलै सर्न सक्छ। बरु हात धुने क्रममा वृद्धि गर्नु सही हो।

(१७) जीवाणु रहित वातावरणमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुनाले घर बाहिरको संसारमा प्रायः गइरहनु उपयोगी हुनेछ। रोगजनक माहौलमा शरीरको प्रतिरोधात्मक क्षमता आफै सन्तुलित हुने गर्दछ। त्यसैले घर भित्र बसेर चिल्लो, गुलियो र मसलायुक्त भोजन गर्नुको साटो खुला ठाउँको भ्रमण बढी उपयुक्त हुन्छ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको निरन्तरता समस्याको समाधान होइन, प्राथमिक उपचार जतिकै हो । विधिको शासन नभएसम्म कोरोना भाइरस संकटको समाधान गर्न सकिन्न ।

महामारी नियन्त्रणको लागि “विपद व्यवस्थापन तथा जोखिम न्यूनीकरण ऐन २०७४“ लाई पन्छाएर राजनीतिक समिति मार्फत निर्णयहरू भइरहदा पनि कोही बोल्न चाहदैन।

कोरोना संकट वर्षौं सम्म रहिरहने हो। त्यसैले अझै पनि विधिसम्मत ढंगले कामगर्न सके यसको व्यवस्थापन सम्भव छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– शुक्रबार नेपालमा कोरोनाभाइरसका १ सय १८ जना संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमितको संख्या

काठमाडौं– लगातार वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । शुक्रबार बिहानसम्म सप्तकोसी ब्यारेज भएर

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक एक साताको लागि स्थगित भएको छ

काठमाडौं : कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि लागू गरिएको बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाका घटनामा

काठमाडौंः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात संचालनको बारेमा बैठकपछि मात्र आधिकारिक धारणा दिने भएको

काठमाडौंः राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले सरिता गिरीको कारवाहीप्रति टिप्पणी गरेकोमा आयोगले आपत्ति

काठमाडौं– नेपालमा बिहीबार १ सय ८ जना कोरोना संक्रमित थपिएका छन् ।योसँगै कोरोना संक्रमितको संख्या

काठमाडौं– जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी

पोखरा : गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य

काठमाडौं– गएराति सिन्धुपाल्चोकको भोटेकोसी र अन्य साना नदिमा आएको बाढिले पु¥याएको जनधनको क्षतिप्रति नेपाली कांग्रेस

काठमाडौं : सांसद सरिता गिरीलाई समाजवादी पार्टीले कारवाही गरी पदबाट हटाएपछि उनको ठाउँमा लीला सिटौला

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको भोटेकोशी नदिमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने १८