गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु



म्याग्दी : म्यादीको सदरमुकाम बेनीमा गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखरा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो ।

आठौँ राष्ट्रिय खेलकुद २०७५ मा गण्डकी प्रदेशबाट सहभागिता जनाउने खेलाडी छनोटका लागि प्रतियोगिता आयोजना गरिएको खेलकुद विकास समिति म्याग्दीले जनाएको छ । प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाका ५८ खेलाडी सहभागी छन् । 

प्रतियोगिताबाट ६ पुरुष र चार महिला खेलाडी छनोट गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए । 

प्रतियोगिता ४ दिनसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्