प्रदेश २ः सोमबारसम्म ६ सय ९५ संक्रमित, ९९ जना नीको भएर घर फर्के



जनकपुरधाम– प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ८२ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जस अनुसार सप्तरी जिल्लामा १२ जना, सिरहा जिल्लामा ५ जना, धनुषा जिल्लामा ७ जना, महोत्तरी जिल्लामा २ जना, सर्लाही जिल्लामा ३८ जना र रौतहट जिल्लामा १८ जना व्यक्तिहरुमा संक्रमणको पुष्टी भएको हो ।

सप्तरी जिल्लाको राजगढ गाउँपालिकास्थित नरघो माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाईनमा रहेका १ देखि १८ बर्ष उमेर समुहका १ जना, १८ देखि ४० बर्ष उमेर समुहका १० जना र ४० देखि ७० बर्ष उमेर समुहका १ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले जानकारी दिए । उनीहरु सबै छिमेकी मुलुक भारतबाट आएर नरघो माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बस्दै आएको उनले बताए ।

सिरहा जिल्लामा भने सिरहा नगरपालिकास्थित सूर्य नारायण सत्य नारायण मरबैता क्याम्पसको होस्टेलमा सञ्चालित क्वारेन्टाईनमा बस्दै आएका १८ देखि ४० बर्ष उमेर समुहका २ जना र १८ देखि ४० बर्ष उमेर समुहका ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टी भएको र उनीहरु पनि छिमेकी मुलुक भारतबाट आएर क्वारेन्टाईनमा बस्दै आएको सचिव घिमिरेले बताए ।

धनुषा जिल्लाको धनौजी गाउँपालिकास्थित शंकर माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १ बर्ष देखि १८ बर्ष उमेर समुहका ४ जना, प्रादेशिक अस्पताल जनकपुरमा गरिएको स्वाव संकलनको परिणाम अनुसार १८ बर्षदेखि ४० बर्ष उमेर समुहका १ जना र धनुषा जिल्लाकै हंसपुर नगरपालिका स्थित नवापुर माध्यमिक विद्यालय बघचौराको क्वारेन्टाईनमा रहेका १८ बर्ष देखि४० बर्ष उमेर समुहका २ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो । धनुषाको धनौजी गाउँपालिका र हंसपुर नगरपालिकामा आज कोरोना संक्रमण पुष्टी भएका ६ जना भारतबाट आएको बताईएको छ ।

महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकास्थित शिवचन्द्र आश्रममा सञ्चालित क्वारेन्टाईनमा रहेका बर्ष १८ र सोही जिल्लाको रामगोपालपुर नगरपालिकास्थित महेन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका बर्ष १८ कै गरी २ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु पनि छिमेकी मुलुक भारतबाट नै आएको बुझिएको छ ।

आज संक्रमण पुष्टि भएका मध्ये सवैभन्दा धेरै संख्या सर्लाही जिल्लामा रहेको छ । जसअनुसार सर्लाही जिल्लाको कबिलाशी नगरपालिकास्थित अगरवा माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका ९ बर्षिया बालिका र २६ बर्षिया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसैगरी सोही क्वारेन्टाईनमा रहेका १४ बर्षिय बालक सहति १ देखि १८ बर्ष उमेर समुहका ५ जना, १८ देखि ४० बर्ष उमेर समुहका २६ जना, ४० देखि ७० बर्ष उमेर समुहका २ जना र ७० बर्ष भन्दा बढी उमेर समुहका १ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । कबिलासी नगरपालिकास्थित अघरवा माध्यमिक विद्यालयमा रहेका क्वारेन्टाईनमा रहेका सम्पूर्ण संक्रमितहरु छिमेकी मुलुक भारतबाट आएको बुझिएको छ । सर्लाही जिल्लाकै हरिपुर नगरपालिकामा रहेको क्वारेन्टाईनमा रहेका १८ देखि ४० बर्ष उमेर समुहका २ जना पुरुषहरुमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।

रौतहट जिल्लाको यमुनामाई गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय सरुवाथामा सञ्चालित क्वारेन्टाईनमा रहेका २२ बर्षिय महिला र १८ देखि ४० बर्ष उमेर समुहका ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टी भएको छ । रौतहट जिल्लाको परोहा नगरपालिकास्थित लौकाहा माध्यमिक विद्यालयमा सञ्चालित क्वारेन्टाईनमा रहेका १८ बर्ष देखि ४० बर्ष उमेर समुहका १३ जना र ४० देखि ७० बर्ष उमेर समुहका १ जना गरी कुल १४ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । रौतहटका दुबै क्वारेन्टाईमा रहेका कोरोना संक्रमितहरु छिमेकी मुलुक भारतबाट नै आएको उनले बताए ।

त्यसैगरी पिसिआर परिक्षण मार्फत संक्रमण प्रमाणित भएका सप्तरी जिल्लास्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसन कक्षमा २३ जना पुरुष र १ जना महिलागरी कुल २४ जना,सप्तरी जिल्ला राजविराजस्थित साईकृष्ण अस्पतालको आइसोलेसन कक्षमा १ महिला र २९ जना पुरुषगरी कुल ३० जना,सिरहा जिल्ला महेन्द्र गेनाई अस्पतालको आइसोलसन कक्षमा २५ जना पुरुष,धनुषा जिल्लास्थित प्रादेशिक अस्पताल जनकपुर अन्तर्गतको कोभिड १९ विशेष अस्पतालमा रहेको आइसोलेसन कक्षमा २ महिला र २६ पुरुषगरी कुल २८ जना,धनुषा जिल्लाकै लक्ष्मीनिया गाउँपालिकामा रहेको वि.पि.मेमोरियल पोलिटेक्निकल ईन्स्टिच्यूटको आइसोलेसन कक्षमा ६ जना महिला र ३१ जना पुरुषगरी कुल ३७ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

त्यस्तै महोत्तरी जिल्लाको जलेश्वर अस्पतालको आइसोलसन कक्षमा १ जना महिला र २३ जना पुरुषगरी कुल २४ जना,सर्लाही जिल्ला मंलगवामा रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षमा ४३ जना पुरुष र १ जना महिलागरी कुल ४४ जना,रौतहट जिल्लास्थित चपुर अस्पतालमा ८ जना पुरुष, रौतहट जिल्लामा नै रहेको गौर नर्सिङ्ग इन्टिच्यूटको आइसोलेसन कक्षमा ३ महिला र २८ पुरुषगरी कुल ३१ जना,रौतहट जिल्लाकै राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा ४२ जना पुरुष र देवाही गोनाही नगरपालिकास्थित देवाही गोनाही पोलिटेक्निक ईन्स्टिच्यूट धरहरीमा २२ जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । रौतहड जिल्लाकै गरुडा नगरपालिकामा रहेको नेपाल प्रहरी विद्यालयमा ७२ पुरुष र ३ महिलागरी कुल ७५ जना,बारा जिल्लाको कलैया अस्पतालको आइसोलेसन कक्षमा ४८ जना पुरुष र २ जना महिलागरी कुल ५० जना,पर्सा जिल्लामा नारायणी अस्पताल अन्तर्गत रहेको कोभिड १९ बिषेश अस्पताल गण्डक अस्पतालमा १८ जना पुरुष र २ जना महिलागरी कुल २० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

त्यसैगरी सिरहा अस्पताल सिरहामा ५ जना र महोत्तरी जिल्लाको जलेश्वर कोभिड विषेश अस्पतालमा ८ जना गरी कुल १३ जना कोरोना आशंकित बिरामीहरुको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको सचिव घिमिरेले जानकारी दिएका छन् ।

सोमबारसम्म ६ सय ९५ संक्रमित
प्रदेश २ मा सोमबारसम्म १५ हजार ७ सय ७४ जना व्यक्तिको थ्रोट स्वाब संकलन गरिएकोमा ६ सय ९५ जना संक्रमित भएका छन् भने १० हजार ३ सय ५१ जनाको नेगेटिभ नतिजा आएको छ । त्यस्तै ४ हजार ७ सय २८ जनाको नतिजा आउन बाँकी रहेको छ ।

त्यस्तै आरडिटी तर्फ अहिलेसम्म ६ हजार ६ सय ८२ जनाको परीक्षण गरिएकोमा ५० जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ६ हजार ६ सय ३२ जनाको रिपोर्ट नेगेटिभ देखिएको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले बताए ।

प्रदेशमा संक्रमित ६ सय ९५ मध्ये सबैभन्दा बढि रौतहटका २ सय ३४ जना रहेका छन् । त्यस्तै १ सय ६ जना पर्साका,५४ जना बाराका, ७७ जना धनुषाका,२९ जना महोत्तरीका, १ सय १० जना सर्लाहीका,३० जना सिरहाका र ५५ जना सप्तरीका व्यक्ति छन् ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको २७ हजार ५ सय १४ बेड क्षमताको ३ सय ८५ वटा क्वारेन्टाइनमा अहिले २२ हजार ९ सय १८ जनालाई राखिएको छ भने ५ हजार २ सय ५ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको ७ सय ६४ बेड क्षमताको आईसोलेशनमा ३ सय ९५ जना शंकास्पद बिरामीलाई भर्ना गरिएको सचिव घिमिरेले जानकारी दिए ।

यस प्रदेशमा हालसम्म ९९ जना कोरोना संक्रमितहरु उपचार पश्चात निको भएका छन् । जसमा नारायणी अस्पताल बीरगंज र उक्त अस्पताल मातहत रहेको कोभिड १९ बिशेष गण्डक अस्पताल बीरगंजबाट ९७ जना संक्रमितहरु उपचार पश्चात निको भएका हुन भने बाँकी २ जना प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत रहेको कोभिड १९ बिशेष अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्