कति जिल्लामा फैलियो कोरोना?



काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ५९ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ५९ जिल्लामा कोरोना भाइरस संक्रमित मानिस भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज पहिलो पटक डोटी जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । डोटी जिल्लामा नयाँ कोरोना संक्रमित फेला परेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए।

हालसम्म देशभर संक्रमितको संख्या १७ सय ९८ पुगेको छ। मृत्यु हुनेको संख्या ८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्