पत्रकार महासंघ पर्साद्वारा थप आन्दोलनको घोषणा



वीरगन्जः नेपाल पत्रकार महासंघ पर्साले पत्रकार तिवारी यादव माथी प्रहरीद्धारा भएको कुटपिट तथा दुव्र्यवहारको विरोधमा गर्दै आएको आन्दोलनलाई थप कडा बनाउँदै साता व्यापी आन्दोलनको घोषणा गरेको छ ।

महासंघ पर्सा शाखाका कार्यबाहक अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा सोमबार महासंघको सभाहलमा बसेको कार्यसमितिले बैठकले पत्रकार यादवमाथि भएको घटनाको विरोधमा पुन साताव्यापी आन्दोलनको कार्यक्रम घोषणा गरिएको हो ।

स्थानिय नारायणी एफ.एम तथा नया पत्रिका दैनिकमा कार्यरत पत्रकार यादव गत बैशाख २८ गते वीरगन्जको लिंकरोडमा रहेको रेडियो स्टेशन अगाडी पार्किङ्ग गरी राखेको मोटरसाईकल हटाउँने विषयमा विवाद हुदाँ प्रहरीले हातपात गर्दै दुव्र्यवहार गरेको थियो ।

पत्रकार यादवलाई विना कारण प्रहरीले सचारगृहको मूल गेटमा गालीग्लौज गर्दै कुटपिट गरे पछि अन्दोलित भएको पर्सेली संचारकर्मीहरुले घटना भएकै दिन जिल्ला प्रहरी कार्यालय पर्सामै पुगेर ध्यायन आकर्षण गराउनु साथै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएको थियो ।

तर हाल सम्म स्थानिय प्रशासनले दोषी प्रहरीहरुलाई कारवाही गर्ने सम्बन्धमा कुनै पहकदमी नगरे पछि पत्रकार महासंघ पर्साले आन्दोलनको थप कार्यक्रम घोषण गरेको नेपाल पत्रकार महासंघ पर्साका कार्यबाहक अध्यक्ष तिवारीले बताए ।

नेपाल पत्रकार महासंघ पार्सले लकडाउनलाई मध्य नजर गर्दै घर तथा संचारगृहबाटै अन्दोलन गर्ने फोटो तथा पत्रकार महासंघ पर्साले तय गरेको आन्दोलनका नाराहरु आफ्नो समाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा लेखेर बिरोध गर्ने तथा प्रहरीको ज्यादती बिरुद्ध पर्साका राजनितिकर्मी, संचारकर्मी, वकिल, बिभिन्न पेशाकर्मी तथा नागरिक समाजसँग अन्तक्रिया तथा छलफल गर्ने निर्णय गरेको उनले बताए ।

बैठकले विरोधको कार्यक्रम सार्वजनिक गर्दै एक सातासम्म प्रहरी विरुद्ध आ-आफ्नो सञ्चारसंस्थाबाट विरोधका नारा सहितको प्लेकार्ड राखी प्रदर्शन गर्ने जसमा जेष्ठ २० र २१ गते ‘पत्रकारसँग दुव्र्यवहार गर्ने प्रहरीलाई कार्वाही गर’ २२ र २३ गते ‘लक डाउनको नाममा प्रहरी दमन बन्द गर’ २४ र २५ गते ‘प्रहरी मेरो साथी’ नारामा मात्र हैन् व्यवहारमा पनी लागु गर’ त्यसैगरी २६ गते आ–आफ्नो हातमा कालोपट्टी बाधेर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

प्रहरीको ज्यादतीले विभिन्न पेशाकर्मी संघ संगठन समेत पिडित बनेकाले प्रहरीको अलोकतान्त्रिक कृयाकलाप निरुतसाहित गर्न छलफल तथा खबरदारी गर्ने निर्णय समेत महासंघले गरेको छ । बैठकले लकडाउनको असहज परिस्थितिमा समस्यामा परेका सदस्यहरुलाई राहत समाग्रि समेत उपलब्ध गराउने र सञ्चारकर्मीहरुको विमा अन्तिम चरणमा पुगेको विषयमा समेत निर्णय गरिएको जनाएको छ ।

बैठकमा सह सचिव आरके पटेल, निलिमा पौडेल, कोषाध्यक्ष भुषण यादव, सदस्यहरु संजिव मिश्रा, सुष्मा शर्मा, जियालाल साह, मनोज पटेल प्रणय साह, अमित अग्रवाल, पुष्पराज शर्मालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्