८२ जनामा डेंगुको संक्रमण, कुन जिल्लामा कति?



काठमाडौं : नेपालका ८२ जनामा डेंगुको संक्रमण भएको छ। पुस महीनायता ८२ जनामा डेंगु संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

लामखुट्टेबाट सर्ने डेंगुको संक्रमण हालसम्म २६ जिल्लामा देखिएको छ। रुपन्देही, म्याग्दी र कास्कीमा सबैभन्दा बढी संक्रमित देखिएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए।

रुपन्देहीमा ३५, म्याग्दीमा १२, कास्कीमा १०, काठमाडौंमा ७, ललितपुर र सुनसरीमा ४र४ जना संक्रमित देखिएका छन् ।

गएको वर्ष ६८ जिल्लामा करीब १६ हजार जनामा डेंगु संक्रमण देखिएको र ६ जनाको मृत्यु भएको थियो। उनले विशेष गरी डेंगी, मलेरिया, झाडापखालाबाट बच्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्