थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८११ पुग्यो



काठमाडौं : आज थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। नवलपरासी, पाल्पा, कपिलवस्तु, रुपन्देही र गुल्मीमा थप १३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आजै २२६ जनामा कोरोना पुष्टि भएको थियो।

यो सहित नेपालमा संक्रमितको संख्या १८११ पुगेको छ। नेपालमा हालसम्म संक्रमितमध्ये २२१ जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएकामध्ये ८ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्