समय सान्दर्भिक गीत ‘हाम्रो धर्ती’ सार्वजनिक (भिडियो)



काठमाडौं : लब कुमार भट्ट, सुनिला गुरुङ, ज्योतिप्रकाश, विश्वास नेपालको स्वरमा नयाँ गीत ‘हाम्रो धर्ती’ सार्वजनिक भएको छ । गीतमा सुमन पण्डितको शब्द र विश्वास नेपालको संगीत रहेको छ । गीत मार्फत छिमेकी सीमा अतिक्रमण गरेका विषयलाई उठाइएको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेकका भूभाग नेपालकै हो सोही भूमि नेपालले फिर्ता ल्याउनका लागि नेपालीहरु एकजुट हुनुपर्छ भन्ने सन्देश दिन खोजेको छ ।

गतिको भिडियोमा लबकुमार भट्ट, सुनिला गुरुट्ट, दीपसागर थापा, मौसम गुरुङ, ज्योतिप्रकाश, विश्वास नेपाल, सुमन पण्डित, विनिता गुरुङ, पूजा गुरुङ लगायतका कलाकर्मी प्रस्तुत भएका छन् । भिडियोलाई छायाँकन तथा निर्देशन सुमन पण्डितले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्