चलचित्र ‘हुर्रे’ युट्युबमा सार्वजनीक, अहिले ट्रेन्डिङ १ मा



काठमाडौं : लकडाउनको समयलाई मध्यनजर गर्दै नेपाली चलचित्रहरु युट्युबमा सार्वजनीक भइरहेका छन् । त्यस्तै कमेडी जनरामा निर्माण भएको चलचित्र ‘हुर्रे’ पनि युट्युबमा सार्वजनिक भएको छ । अहिले नेपालको युट्युबको ट्रेन्डिङ १ मा चलचित्र ‘हुर्रे’ रहेको छ । हलमा असफल भएको यस चलचित्र युट्युबमा भने आएको दुई दिनमै युट्युबको ट्रेन्डिङ १ मा छ ।

चलचित्रले अहिलेसम्म करिब १० लाखभन्दा बढि भ्युज र करिब १२ सय प्रतिक्रिया पाइसकेको छ । चलचित्रमा अनुप विक्रम शाही, विजय बराल, केकी अधिकारी, राजाराम पौडेल, अंकित खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको लेखन तथा निर्देशन यम थापाको रहेको छ । दावा शेर्पा ‘शेट्टी’ को प्रस्तुतिमा तयार भएको यस चलचित्रमा सोनाम लामा ‘ब्लोन’ र छिरिङ्ग दोर्जे लामाको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्