बाँके बस दुर्घटना : मृतक र घाइतेको परिचय खुल्यो



बाँके : बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा ज्यान गुमाउने सबैको परिचय खुलेको छ ।

१२ जना मृतकको सनाखत भएको प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको हायस रोकिराखेको ट्रकमा गए राति ठोक्किएर दुर्घटना भएको थियो ।

राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा भएको दुर्घटनामा २० जना घाइते भएका छन् । उनिहरु सबैको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्