लकडाउनको विकल्प खोज्न वीरगन्जका खुद्रा व्यापारी सडकमा



वीरगन्जः लकडाउनको विकल्प खोज्दै वीरगन्जका व्यापारीहरु सडकमा उत्रेका छन् ।

कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागु गरेको लकडाउन आज ६९ औं दिन पुगेको छ । लकडाउनले गर्दा अत्यन्तै प्रभावित बनेपछि आजित भएर यहाँका व्यापारीहरु सडकमा उत्रेका हुन् ।

वीरगन्जका व्यापारीहरुले सरकार विरोध आक्रोश पोख्दै लकडाउनबाट प्रभावित बनेका साना तथा मझौला व्यापारीहरुको राहत उपलब्ध गराउँनु पर्ने माँग गरेका छन । आक्रोशित व्यापारीहरुले आ आफनो हातमा सधै यसरी बसेर नेतालाई मात्र पुग्छ, नागरिकलाई पुग्दैन, बिना नीतिको लकडाउँन स्वकीकार छैन जस्ता नारा लेखिएको प्लेकार्ड प्रर्दशन गरेका छन ।

त्यसैगरी उनीहरुले हे सरकार कोरोना नाममा लकडाउन लामो नगरौं र ज्यालादारी गरी खानेमान्छेको परिवार भोकमारीको चपेटामा परी सकेका छन अब अति भयो ज्यानै लिने क्या ?, सानो र मझौला व्यापारीको लागि राहतको घोषणा गर, बैक ब्याज, बिजुली र करमा छुट लगायतको माँग लेखिएको प्लेकार्ड समेत प्रदर्शन गरेका हुन ।

वीरगन्जको घण्टाघर चोकदेखि दक्षिण महाबिर स्थान चोकसम्म व्यापारीहरुले लकडाउनको विकल्प खोजी प्लेकार्ड सहित प्रदर्शन गरेका हुन । समाजिक दुरी कायम गर्दै उनीहरुको मुख्य सडकको दायाँबायाँ उभेर प्लेकार्ड देखाउँदै सरकारको विरोध गरेका हुन ।

माईस्थान चोकमा खुद्रा पसल थालेर बसेका धिरज गुप्ताले तीन महिना देखि लकडाउनले गर्दा हाम्रो जीवन नै अस्तव्यस्त भईसकेको गुनासो गरे । उनले भने, तीनमहिना देखि पसल बन्द हुन्दा स्टाफको तलब कहाँबाट तिर्छौ, बैंक व्याज असुल गर्न बैकले ताकेता गरीरहेको छ, कर पनि तिर्नै पर्ने हुन्छ हामी कहाँबाट ल्याएर तिछौं । सरकारले यसको विकल्प दिनु पर्छ होईन भने, हामी अब सडक आन्दोलनमा उत्रिन बाध्य हुन्छौ ।

गुप्ताले देशको विकासमा हाम्रो पनि ठूलो योगदान छ सरकारले विर्सनु हुदैन । हामी पहिलो चरणको विरोध कार्यक्रम अन्तरगर्त आज सरकारलाई लकडाउनको विकल्प खोज्न चेतावनी र आफनो माँग बारे सेचत गराउँन प्लेकार्ड सहित सांकेतिक रुपमा विरोध जनाएका हौं । दुईदिन सम्म माग प्रति कुनै सरकारले पहल नगरे वीरगन्जमा पुन आन्दोलन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्