दाइजो लिनेलाई सामाजिक बहिष्कार



जनकपुरधाम : मुस्लिम समुदायका अगुवाहरूले दाइजो लिनेलाई सामाजिक बहिष्कार गर्ने बताएका छन् । बिहीबार जनकपुरधाममा आयोजना गरिएको अन्तरक्रियामा सहभागी मौलानाहरुले यस्तो बताएका हुन् ।

उनीहरूले समाजलाई दाइजो मुक्त बनाउन दाइजो लिने व्यक्तिको विवाह समारोहमा नजाने र दाइजो लिने व्यक्तिको विवाहमा निकाह नपढाउने अठोट लिए । सबै मौलानाले यसलाई लागु गरे दाइजो मुक्त समाज निर्माण गर्न सकिने उनीहरूको धारणा थियो । 

पहिलो चरणमा सामाजिक बहिष्कार गर्ने र यसले दाइजो नियन्त्रण नभए अन्य कठोर कार्यक्रम अघि बढाइने ‘मिसन दहेज मुक्त समाज’का अभियन्ता मोहम्मद साजिद हुसेनले बताए ।

प्रतिक्रिया दिनुहोस्