शाहरुख खानलाई किन घृणा गर्छन् यी ३ अभिनेत्री



एजेन्सी : बलिउडमा ‘तीन खान’ एकदमै चर्चित र सफल मानिन्छन् । अमिर, शाहरुख र सलमान नै बलिउडको अर्को नाम हो । उनीहरुका प्यान, दर्शक र उनीहरुलाई मन नपराउने निकै कम छन् ।

जसमध्ये शाहरुखका फ्यान झन् धेरै छन् । उनलाई अरावौँ मानिसले पछ्याइरहेका हुन्छन् विभिन्न माध्यमबाट । भने बलिउडमा हरेक अभिनेत्रीको सपना हुन्छ उनीसँग काम गर्ने ।

तर बलिउडका निकै सुन्दर र चर्चित अभिनेत्री जो कहिल्यै पनि शाहरुखसँग काम गर्न चाहादैनन् । जसमा हेमा मालिनी, अमिषा पटेल र सोनम कपूर । आखिर किन उनीहरु शाहरुख खानलाई यति धेरै घृणा गर्छन् त ?

हेमा मालिनी
बलिउडकी सुन्दर र सफल अभिनेत्री हुन् – हेमा मालिनी । उनलाई धेरैले निकै मन पराउँछन् तर उनी शाहरुख खानलाई कत्तिपनि मन पराउँदिनन् ।

शाहरुख खानको पहिलो फिल्म ‘दिल आसान है’ हेमा मालिनीले निर्देशन गरेकी थिइन् भने मूख्य भूमिकामा शाहरुख खान थिए । तर उनले फिल्म अवधिमा समय ‘ओभर एक्टिङ’ गर्ने र फिल्ममा आफ्नै हक जमाउन थालेपछि हेमालाई उनी फेरि कहिल्यै मन परेनन् ।

अमीषा पटेल
बलिउडमा निकै हट र बोल्ड अभिनेत्रीको उपाधि पाएकी अभिनेत्री हुन् अमीषा पटेल । उनले आजसम्म शाहरुख खानसँग कुनै पनि फिल्ममा काम गरेकी छैनन् । उनलाई खानसँग काम गर्न प्रस्ताव राखेपछि उनले आफ्नो जोडी नमिल्ने र शाहरुख खान आफूलाई मन नपर्ने भन्दै सबै फिल्म अस्वीकार गरेकी थिइन् ।

सोनम कपूर
बलिउडकी निकै स्मार्ट अभिनेत्री सोनम कपूर पनि शाहरुख खानको उमेर निकै बढी भएको र आफ्नो जोडी नमिल्ने कारण खानसँग फिल्म नखेल्ने बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्