घुस लिएको अभियोगमा नापी अधिकृतविरुद्ध मुद्दा दायर



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ लाख घुस लिएको अभियोगमा नापी अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार नापी कार्यालय रुपन्देही भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठ, सर्वेक्षकद्वय तीर्थराज भण्डारी र थानेश्वर चौधरी, नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

उनीहरुले मिलेमतोमा रु १७ लाखबराबरको घुस लिएको पाइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्