लोक सेवाले सार्वजनिक गर्‍यो अन्तर्वार्ताको सूचना



काठमाडौं : लोक सेवा आयोगले राजपत्रांकित प्रथम श्रेणीका विज्ञापनको अन्तर्वार्ताको सूचना सार्वजनिक गरेको छ। आयोगको आज बसेको बैठकले सहसचिव वा सो सरहको अन्तरवार्ताको तालिका सार्वजनिक गरेको छ ।

२ असारदेखि शुरू हुने गरी तोकिएको अन्तर्वार्ता कार्यतालिका २८ असारमा सकिनेछ। आन्तरिक प्रतिस्पर्धा र खुला प्रतिस्पर्धा गरी दुवै तहको नेपाल लेखापरीक्षण सेवा, नेपाल इन्जिनियरिङ सेवा, सिभिल, जनरल सेवाको अन्तर्वार्ता हुने लागेको हो।

सहसचिवको अन्तरवार्ताबाहेकका परीक्षाहरु भने यसअघि नै सम्पन्न भइसकेको थियो ।लकडाउनका कारण यसअघि सबै विज्ञापन तथा परीक्षा अनिश्चितकालका लागि रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्