नेपालमै कम शुल्कमा गुणस्तरीय शिक्षा पाइने सन्देश दिन शैक्षिक मेला



कैलाली : अन्तर्राष्ट्रिय स्तरको पढाई नेपालमै उपलब्ध भएको सन्देश दिन धनगढीमा फागुन १३ र १४ गते शैक्षक मेला हुने भएको छ । मेलामा नेपालका सबै विश्वविद्यालय र विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजहरूले दिने शिक्षा र व्यवसायिकता तथा बजारमा उच्च माग भएका विषयको बारेमा जानकारी दिइने छ ।

उच्च शिक्षाका लागि विद्यार्थी विभिन्न मुलुक जाने क्रम बढ्दै गएकोले यसलाई कम गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । 

नेपालमै कम शुल्कमा गुणस्तरीय शिक्षा पाइने जानकारी अभिभावक र विद्यार्थीलाई दिने मेलाको लक्ष्य छ । मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । 

मेलामा सहभागी हुने विद्यार्थीले काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्य पश्चिमाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आबद्ध क्याम्पसहरूले अध्यापन गराउने कोर्सहरूका बारेमा निःशुल्क परामर्श लिन सक्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्