खाल्डोमा डुबेर १ बालकको मृत्यु, एक गम्भीर घाइते



कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलमा खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ। अर्का बालक घाइते भएका छन्। घर नजिकै खनिएको खाल्डोमा डुबेर २ वर्षका विवेक कठायतको मृत्यु भएको प्रहरीका जानकारी दिएको छ।

घटनामा अर्का २ वर्षीय बालक तनुस केसी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरीबहादुर ओलीले बताए। खाल्डोबाट निकालेर दुवै बालकलाई सेती अञ्चल अस्पतालमा पुर्याउँदा विवेकलाई डाक्टरले मृत घोषित गरेका थिए। अर्का बालक केसीको अवस्था गम्भीर भएका कारण थप उपचारका लागि कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्