कमला नदीमा कमला पुजा गरी नदी चेतना यात्राको शुभारम्भ



जनकपुरधाम– गंगा अवतरण दिवसको अवसरमा मिथिला भुमीमा अवतरित गंगा सरह मानिने कमला नदी रामघाटमा कमला पुजा गरी जेष्ठ शुक्ल दशमी तिथि गंगा दशहारा मनाइएको छ ।

कमला नदीको अस्तित्व सहित जल संरक्षण हेतु चलाइएको कमला बचाउ अभियानका अभियानीहरुले ‘पानी रे पानी’ तहत नदी चेतना यात्राको शुभारम्भ गरेका हुन् ।

कमला बचाउ अभियानका संयोजक विक्रम यादव एवं शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया लगायतका अभियानीहरुले कमला पूजन गरी यात्रालाई आरम्भ गरेका छन् ।

नदी चेतना यात्रा गंगा दशहराको दिनदेखि सुरु भई अन्तराष्ट्रिय नदी दिवससम्म कमला नदीको उदगमस्थल नेपालको सिन्धुली जिल्ला महाभारत चुरे जंगल देखि भारत बिहारको कमला कोशी संगमसम्म चेतना यात्रा निरन्तर चल्ने कमला अभियानी समेत रहेका शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले बताए ।

गेल इन्डिया लिमिटेडको प्रायोजनमा जुन १ देखि सेम्टेम्बरसम्म हुने कमला नदी चेतना यात्राको आयोजक कमला जलाधार संरक्षण अभियान नेपाल रहेको कमला अभियानका संयोजक अभियानी विक्रम यादवले जानकारी दिए ।

कमला जलाधार संरक्षण अभियानको आयोजनामा गरिएको कमला पूजन कार्यक्रममा कमला अभियानी बिरेन्द्र यादव,राज किशोर सल्हैता,श्याम कुमार सिंह,रामनाथ यादव,राम शरन,रोशन यादव,पत्रकार एवं कमला अभियानी काशिन्द्र शर्मा लगायत कमला अभियानीहरु कोरोना महामारीलाई मध्यनजर गर्दै समाजिक दुरी कायम गरि सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुहोस्