स्तनलाई कसरी आकर्षक बनाउने ?



एजेन्सी : स्तनको सौन्दर्य कायम राख्न सकिन्छ । यसका लागि अहिले विभिन्न विधि अपनाउने गरिन्छ । कृतिम तरिकाले पनि स्तन सुडौल बनाउन सकिन्छ । सर्जि(कल विकल्प पनि उपलब्ध छ ।

यद्यपी, सबैभन्दा राम्रो विकल्प हो, प्राकृतिक तरिका । प्राकृतिक विधीबाट स्तन सुडौल बनाउन सकिन्छ यो प्रभावकारी पनि हुन्छ ।

पुश अप

– आफ्नो दुबै हातको बलमा शरीरलाई उठाउने । कुहिना सिधा बनाउने ।
– शरीरलाई भूँइ अर्थात सतहमा सुताउने र र हातको बलले उठाउने । यसो गर्दा शरीर, खुट्टाको भाग खुम्चाउनु हुँदैन ।
– पुशअप गर्दा केवल कुहिना मोड्नुपर्छ शरीरको अन्य भाग मोड्नु हुँदैन । शरीरलाई तल लाने र माथि उठाउने अभ्यास गर्नुपर्छ
यस्तो अभ्यास निरन्तर २०(२५ पटक गर्नुपर्छ ।

वाल पुशअप

– भित्ताबाट करिब डेढदेखि दुई फिटको दुरीमा उभिने । आफ्नो उचाइ अनुसार दुरी कम वा ज्यादा गर्नुपर्छ ।
– दुबै हात सिधा गरेर भित्तामा राख्ने ।
– अब शरीरलाई भित्तामा झुका’उने र उठाउने अभ्यास गरौं । यस किसिमको पुशअप ३५ देखि ४० पटक गर्नुपर्छ ।

चेस्ट डिप्स

– दुबै हातलाई कम्मरभन्दा पछाडि लाने र कुनै कुर्सी वा बेन्चमा लगरे अड्याउने । बसेको पोजिसनमा घुँडालाई थोरै मोड्ने ।
– अब हातको कुहिना मोड्दै शरीरलाई तल र माथि गराउने ।
– यो प्रकारको चेस्ट डिप्स १५ देखि २० पटकसम्म गर्नुपर्छ ।

चेस्ट स्कीज

– बेन्च वा कुर्सीमा बस्ने । कम्मर सोझो पोजिसनमा राख्ने । दुबै हातले एउटा बल समात्ने ।
– दुबै कुहिना र बल काँधभन्दा माथि उठाउने ।

प्रतिक्रिया दिनुहोस्