ब्राजिलमा ५ लाख २६ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण



एजेन्सी : पाँच महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ६२३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २९ हजार ९३७ पुगेको छ ।

एकै दिन ११ हजार ६२८ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ५ लाख २६ हजार ४७७ पुगेको छ ।

२ लाख ८५ हजार ४६० जनाको उपचार भइरहेको छ भने २ लाख ११ हजार ८० जना संक्रमण मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्