बजेट भाषणअघि भन्सारबाट १२२ विद्युतीय गाडी छुटाइयो


वीरगन्ज : भन्सार महसुल बढ्ने सूचना पाएपछि आयातकर्ताले विद्युतीय सवारी साधन हतार–हतार बजेट भाषणको अघिल्लो दिनसम्म जाँचपास गराएर लगेका छन्। लामो समयदेखि थन्क्याएर राखिएका ती गाडी लैजान आयातकर्ता र सरकारबीच मिलेमतो आशंका गरिएको छ।

सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठले जेठ १४ सम्म एमजीका १ सय २० र कियाका दुई गरी १ सय २२ वटा गाडी जाँचपास गराएर लगेको जानकारी दिए। उनका अनुसार एमजीका वैशाख १५ मा १५, १६ मा ३०, जेठ ५ मा ७५ र जेठ १४ मा कियाका दुई विद्युतीय गाडीको भन्सार जाँचपास गरिएको हो। पेट्रोल र डिजेलबाट चल्ने ६० वटा गाडी भने जाँचपास नगराएका कारण भन्सार परिसरमा थन्किएका छन्।

उनले नयाँ बजेटमा भन्सार महसुल बढ्ने अनुमान गरेका आधारमा त्यसअगावै विद्युतीय गाडी जाँचपास गराएर लगेको हुन सक्ने बताए। उनका अनुसार आर्थिक वर्ष २०७७÷७८ को बजेट भाषणभन्दा पहिले विद्युतीय गाडीमा भन्सार शुल्क १० प्रतिशत र भ्याट १३ प्रतिशत लाग्थ्यो। अन्तःशुल्क लाग्दैनथ्यो।

सरकारले जेठ १५ मा ल्याएको बजेटमा ८० प्रतिशतसम्म भन्सार लाग्ने उल्लेख छ। गाडीको क्षमताअनुसार ४० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क पनि लाग्ने व्यवस्था गरिएको छ।

‘विद्युतीय गाडीमा पहिले भन्सार शुल्क र भ्याट गरेर मूल्यको २२ देखि २४ प्रतिशत मात्रै राजस्व तिर्नुपथ्र्यो’, उनले भने, ‘तर, अब गाडीको मूल्यको १ सय २५ प्रतिशतसम्म राजस्व तिर्नुपर्ने अवस्था देखिन्छ।’

एमजी र कियाको एउटा विद्युतीय कारको मूल्य नेपालमा ५० देखि ५५ लाख रुपैयाँ पर्छ। नयाँ बजेटपछि अब एउटा विद्युतीय गाडी आयातमा पहिलेभन्दा झन्डै ४५ लाख रुपैयाँ बढी राजस्व लाग्ने भएको भन्सारका कर्मचारी बताउँछन्।

यही सूचना अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्नुभन्दा पहिले नै आयातकर्ताले पाएका कारण त्यसअगावै धमाधम जाँचपास गराएर भित्र्याएको आशंका गरिएको छ। ‘बजेट भाषणअगावै एउटा विद्युतीय गाडी भित्र्याउँदा आयातकर्तालाई कम्तीमा पनि ४५ लाख रुपैयाँ फाइदा पुगेको छ’, भन्सारका एक कर्मचारीले भने, ‘१ सय २२ वटा गाडीमा झन्डै ५५ करोडजति रकम राजस्व नास भएको छ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई विवादमा नतान्न

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ। पार्टीको

काठमाडौं : आज असार शुक्ल पूर्णिमाका दिन अर्थात गुरु पूर्णिमा । आज गायत्री, दीक्षा, वेद

बझाङ : शनिबार बिहान बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६

काठमाडौं : नेपालमा कोरोनाभाइरस (कोभिड१९)बाट थप दुई जनाको मृत्यु भएको छ । मन्त्रालयले शनिबार आयोजना

पर्सा : आर्थिक नगरीको रुपमा परिचित वीरगन्ज महानगरपालिको मुख्य सडक पोखरीमा परिणत बन्दै गएपनि सम्बन्धित

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको

काठमाडौं : ललितपुरको खोकनामा स्थानीयवासी र प्रहरीबीच शनिबार दिउँसो झडपा भएको छ । झडपमा ४

बझाङ : शनिबार बिहान बझाङको केदारस्युँ गाउँपालिका–८ को मललेसिमा गएको पहिरोमा पुरिएकाको उद्धार गर्न गएको

काठमाडौं : काठमाडौं उपत्यकाको ढलमा कोरोनाभाइरस (कोभिड–१९)को भाइसर फेला परेको छ । सेन्टर फर मलिकुलर

बझाङ : बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा शनिबार बिहान गएको पहिरो पुरिएका दुई

काठमाडौं : महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत १३ महिनाको शिशुमा कोरोना संक्रमण देखिएको छ ।