रुसमा एकै दिन ९ हजार ३५ जनामा कोरोना संक्रमण



एजेन्सी : ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ४ लाख १४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

एकै दिन ९ हजार ३५ जनामा संक्रमण देखिएपछि रुसमा ४ लाख १४ हजार ८७८ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १६२ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४ हजार ८५५ पुगेको छ ।

२ लाख ३४ हजार १४६ जनाको उपचार भइरहेको छ भने १ लाख ७५ हजार ८७७ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्