मिकी र एलिसा आठौं राष्ट्रिय खेलकुदका लागि छनोट 



विराटनगर : मिकी गुरूङ र एलिसा मगर आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश १ बाट आइटिएफ तेक्वान्दोमा छनोट भएका छन्। उनीहरू प्रदेश स्तरिय छनौट खेलमा स्वर्ण जित्दै लागि छनोट भएका हुन्।

झापाकी मिकीले ७० देखि ७५ किलो तौलसम्ममा सुनसरीकी प्रतिष्ठा कट्वाललाई पराजित गर्दै छनोट भइन्। त्यस्तै ७५ किलोमाथि झापाकी एलिसाले सुनसरीकी दिब्या खत्रीलाई हराउँदै छनोट हुन सफल भइन्।

त्यसैगरी महिला ४० देखि ४५ किलो तौल समूहमा सुनसरीकी, सोनिया बस्नेतले भोजपुरकी दिक्षा लिम्बूलाई पराजित गरिन्।। ६५ देखि ७० किलो तौल समूहमा झापाकी रेखा लिम्बूले मोरङकी प्रकृति कार्कीलाई हराइन।

मोरङको लेटाङ नगरपालिका स्थित जनसेवा खेल मैदानमा भएको पुरुष ४५ देखि ५० केजी तौल समूहमा भोजपुरका विषेश राईले मोरङका प्रथम कार्कीलाई हराउँदै स्वर्ण जितेका छन्। प्रथम हुने सबै खेलाडी आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश १ बाट छनोटमा परेका छन्। 

प्रतिक्रिया दिनुहोस्